site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा ३२ सांसदको हस्ताक्षर संकलन, माओवादीका हरि चुमान भन्छन्– अब मेरो पालो हो

पोखरा । गण्डकी प्रदेशमा सत्ता गठबन्धनका ३२ जना सांसदको हस्ताक्षर संकलन गरिएको छ । नेकपा (एमाले)का सांसद रोशनबहादुर गाहाले एमालेका २२, माओवादी केन्द्रका आठ र राप्रपाका दुई सांसदको हस्ताक्षर गराइसकिएको जानकारी दिए ।

अब सोमबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरिनेछ । त्यसअघि गठबन्धनका नेताहरूको बैठक बस्नेछ ।

“भोलि बिहान १० बजेसम्म हाम्रो संसदीय दलको बैठक सकिन्छ । ११ बजेपछि दलका नेताहरूको बैठक हुन्छ । त्यसपछि हामीले बहुमत हस्ताक्षर लिएर समयसीमाभित्रै प्रदेश प्रमुखकहाँ जान्छौँ,” गाहाले भने ।

एमालेले गण्डकीको संसदीय दलको नेतामा खगराज अधिकारीलाई चयन गरेको छ । मुख्यमन्त्रीमा उनको सम्भावना बढी छ । 

तर, माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।  केन्द्रमा झैँ पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान माओवादीको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान प्रदेश १ एमालेले लिएकाले गण्डकीमा माओवादीको सम्भावना थप बढेको दाबी गर्छन् । 

“प्रदेश नम्बर १ एमालेले पाइसक्यो । अब मधेस मधेसवादी दलले लिने होला । बाँकी पाँचवटामा त हाम्रो सम्भावना बढेर गयो,” उनले भने ।

प्रदेश सभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका चुमान यसपटक सरकारको नेतृत्व गर्ने आफ्नो पालो रहेको दाबी गर्छन् । प्रदेश १ मा आइतबार नियुक्त भएका मुख्यमन्त्री कार्की र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी चुमानसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।

“म, हिक्मत कार्की, कुलप्रसाद केसी सँगै आन्तरिक मामिला तथा कानुनमन्त्री भएका हौँ । उहाँहरू दुईजना मुख्यमन्त्री भइसक्नुभयो । अब मेरो पालो हो,” उनले भने ।

मुख्यमन्त्री नपाएपनि दोस्रो वरीयताको मन्त्रालय लिएर सरकारमा भने सहभानी हुने उनले बताए । 

दुई सांसद रहेको राप्रपा पनि सरकारमा जाने तयारीमा नै छ । राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ राप्रपाबाट सरकारमा सहभागी हुनेछन् ।

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसदको साथ चाहिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro