site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्राध्यापक गोपीकृष्ण शर्मालाई 'भीमदर्शन रोका स्मृतिकोष'को सम्मान
Sarbottam CementSarbottam Cement

काठमाडौं । भीमदर्शन रोका स्मृतिकोषले ‘भीमदर्शन आदर्श गुरु सम्मान, २०७९’ बाट प्रा. गोपीकृष्ण शर्मालाई समर्पण गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. महेश्वर शर्माले प्रा. शर्मालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । सम्मानकासाथ ५० हजार १०० रुपैयाँ नगद राशि पनि प्रदान गरियो ।

सोही अवसरमा भीमदर्शन आदर्श सेवा सम्मान गायत्री चेतना केन्द्र नेपाललाई प्रदान गरियो । उक्त सम्मानकासाथ पनि ५० हजार १०० नगद राशि प्रदान गरियो । 

स्मृतिकोषले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान यस वर्षदेखि प्रत्येक वर्ष प्रदान गरिने जानकारी गराएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. महेश्वर शर्माले योग्य व्यक्तिलाई योग्य सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको बताए । उनले आज सम्मान आफैँ सम्मानित भएको उल्लेख गरे ।

सम्मानित व्यक्तित्व प्रा. गोपीकृष्ण शर्माले एउटा गुरुको नाममा स्थापित सम्मान प्राप्त गर्दा गर्वानुभूति भएको बताए ।

Global Ime bank

स्मृतिकोषका कोषाध्यक्ष अनीलमान महर्जनले भीमदर्शन रोका एक कुशल शिक्षक भएको स्मरण गर्दै संस्थाको अक्षयकोषमा रोकाको परिवारसहित अन्य व्यक्तित्व तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीहरूको सहयोग रहेको उल्लेख गरे । 

नेपाली मुक्तक लेखनमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टा भीमदर्शन रोकाले १८ वर्षसम्म सिद्धार्थ वनस्थली स्कुलमा अध्यापन गरेको उनले बताए ।

सिद्धार्थ वनस्थली २०४० एसएलसी समूहको संयोजनमा भएको उक्त कार्यक्रममा सर्जक यादव भट्टराईले शिक्षक भीमदर्शन र कवि भीमदर्शनका बारेमा चर्चा गरे ।

कार्यक्रममा गायक योगेश्वर अमात्य, गायत्री चेतना केन्द्रका अध्यक्ष केशव मरहट्टा, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठले बोलेका थिए । उक्तअवसरमा कोषलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC