site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
इन्ट्री लेभलको फोनमा आकर्षक सुविधासहितको सामसङको ए०४ई

काठमाडौं । ड्युअल क्यामरा फस्ट चार्चिङ सी पोर्ट चार्जको साथ सामसङ इन्ट्री लेभलको ग्यालेक्सी ए०४ई फोन बजारमा ल्याएको छ । 

सामसङले आफ्नो सबै ग्राहकहरुका लागि आफ्नो प्रविधि ल्याउन प्रतिबद्ध रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताले स्मार्टफोनको संसारमा ग्लोबल लिडर सामसङले लोकप्रिय ए–सिरिजको सबैभन्दा नयाँ सदस्यको ग्यलाक्सी ए०४इ लाई सार्वजनिक गरेको छ ।

ए–सिरिजको यो पछिल्लो लन्च, ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो ।  जसमा ३ जीबी र्‍याम छ र ३२ इन्टरनल मेमोरीको भेरिएन्टमा रहेको छ ।

यसमा  थप १ जीबी एक्सट्रनल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिने छ । यसको मूल्य १३ हजार ४९९ रूपैयाँ रहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्