site stats
राजनीति
'धोका दिनेलाई के भनौँ र खोइ, तिमी हाँस भो मै बसुँला रोइ'

धनगढी । 

धोका दिनेलाई, के भनौँ र खोइ
तिमी हाँस भो मै बसुँला रोइ 

बाजुराबाट निर्वाचित कांग्रेसका प्रदेश सभा सदस्य पदम शाहीले धनगढीमा आयोजित एक कार्यक्रममा राजु परियारको यही गीत गाएर मन्तव्य सुरु गरे ।

Himalayan Bank
Dabur nepal
Agni Group

केन्द्रमा गठबन्धन भत्किएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेसले केन्द्रसहित सातै प्रदेशमा सत्ता बनाउने मौका गुमाएको छ ।

जसले कांग्रेसका नेता कार्यकर्तामा निराशा छाएको छ । पोल्टामा आइसकेको सत्ता गुमाउनुपरेपछि कांग्रेसजन कतिसम्म निराश छन् भन्ने प्रदेश सभा सदस्य शाहीको अभिव्यक्तिले देखाउँछ ।

Global bank

"हामी त केन्द्रदेखि प्रदेशसम्म सरकार हुनेमा ढुक्क थियौँ । तर, गठबन्धन एकाएक बिग्रिएपछि आम कार्यकर्ताका साथै हामीमा पनि निराशा छाएको छ," शाहीले विना हिचकिचाहट भने ।

उनको बिलौना थियो– अघिल्लो कार्यकालमा पनि प्रतिपक्षकै भूमिकामा रहेको कांग्रेस अहिले पनि प्रतिपक्षमै पुग्यो ।

त्यसमाथि संसदीय अंक गणितमा सबैभन्दा ठूलो दलका बाबजुद । कांग्रेससँग सुदूरपश्चिममा १९ सिट छ ।

Pradesh sansad1672407595.jpg

शुक्रबार नेपाल प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्ने अधिकांश सांसदहरूको गुनासो उस्तै थियो– माओवादीले धोका दियो, सत्ता गुमायौँ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट विजयी नेता प्रकाशबहादुर बमले भने आफूहरू सरकारमा नभएपनि बलियो प्रतिपक्षी बनेर सुदूरपश्चिमको विकास निर्माणका लागि काम गर्ने बताए । तर, उनी पनि निराश थिए । 

"हामीले निर्वाचनमा कांग्रेससँगै पाँच दलीय गठबन्धनका पार्टीलाई आफ्ना कार्यकर्तासँग पनि भोट हाल्न अनुरोध गर्‍यौँ । तर अहिले आएर माओवादीले नै हाम्रो विश्वास तोड्यो ।"

अर्की प्रदेश सभा सदस्य तुलसी देवकोटाले पनि माओवादीले मतको अवमूल्यन गरेको आरोप लगाइन् । जनतासँग गठबन्धनका लागि भनेर मत मागेको तर अहिले जनमतको अवमूल्यन भएको उनको भनाइ थियो । तर, सरकारमा नगएपनि जनतालाई निराश नबनाउने उनी बताउँछिन् ।

"हामी सुदूरपश्चिम प्रदेश सरकारमा नगए पनि सुदूरपश्चिमबाट हामीलाई मत दिएर जिताउने आम मतदाता तथा कार्यकर्तालाई निराश बनाउने छैनौँ ।" 

कुल ५३ सदस्यीय सुदूरपश्चिममा प्रदेश सभमा १९ सदस्यसहित कांग्रेस पहिलो दल हो । माओवादी ११ सदस्यसहित दोस्रो, १० सदस्यसहित एमाले तेस्रो दल छ । सात सदस्यसहित नागरिक उन्मुक्ती चौँथो दल बनेको छ । राप्रपा र स्वतन्त्र सांसद १–१ जना छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय