site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
रास्कोटमा अब अप्टिकल फाइबर
प्रतीकात्मक तस्बिर।

मान्म । कालीकोटको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो ।

रास्कोट नगरपालिकाको मुकाम आरसीपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण)ले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अरु माध्यमभन्दा फाइबर इन्टरनेटको गति राम्रो हुने भएकाले जडान गर्न लागिएको हो,” उनले भने, “अबका केही दिनमा रास्कोट नगरपालिकामा जडान हुनेछ ।”

नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले जानकारी दिए । 

“हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडि बढाएका छौँ,” उनले भने, “अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट पनि अपरिहार्यजस्तै भएको छ ।” रासस

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्