site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोर्डले संशोधन गर्‍यो नियम, चार दिन पहिले सेन्सर सिफारिस लिए हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र विकास बोर्डले अब चार दिन पहिले सेन्सर सिफारिस लिए हुने बताएको छ । स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिन चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा सात दिन अगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिन अगावै दरखास्त पेस गर्नुपर्ने निर्णय गरेको छ ।

पुस ११ गते बसेको चलचित्र विकास बोर्डको बैठकले यो नियमलाई संशोधन गरेको बोर्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 
बैठकबाट बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन सुरु गर्नुपरे आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ । 

यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

साथै, नेपाल चलचित्र क्षेत्रका समस्याहरूको समाधान र यस क्षेत्रको हितको लागि विभिन्न संघ–संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष भुवन केसीले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro