site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाँदाजाँदै सञ्चारमन्त्रीले भने– नेपाललाई आईटी हब बनाउनु पर्छ
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आईटी हब बनाउनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल आईटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको पाँच वर्षमा आईटी हबको रुपमा विकास गर्न जरुरी रहेको बताए । 

नेपाली युवायुवतीहरु विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरुलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब नेपाललाई बनाउनुपर्ने उनले बताए । कार्कीले नेपाललाई आईटीको हब बनाउने कुरामा आफू सधैँ सकारात्मक र सहयोगी हुने प्रतिवद्धतासमेत जनाए । उनले आगामी पाँच वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्ने बताए ।

“हामीले हाम्रै देशका युवायुवतीहरुलाई हाम्रै घरपरिवारसँग बसेर, समाजमा बसेर एउटा ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब नेपाललाई कसरी बनाउन सकिन्छ, त्यस दिशातर्फ हाम्रो ध्यान गम्भीर रुपले जान जरुरी छ,” उनले भने, “त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो योगदान रहन्छ । हाम्रो देश आईटी हब हुनका निमित्त सबै हिसाबले, क्लाइमेट, शिक्षालगायत सबै हिसाबले आईटी हब बनाउन जरुरी छ । पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्छ ।”

मन्त्री कार्कीले अबका दिनमा कांग्रेसले बदलिँदो परिस्थितिमा देशलाई केन्द्रमा राखेर र नेपाली जनतालाई केन्द्रमा राखेर अघि बढ्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro