site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९,राजनीति
सांसदको प्रमाणपत्र लिएपछि आरजुको दाबी– प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छन् । 

आइतबार निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरिन् ।

संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताइन् । उनले ठूलो दल पनि कांग्रेस भएकाले प्रधानमन्त्रीमा स्वभाविक रुपमा देउवा हुने उल्लेख गरिन् । उनले पार्टीका अन्य नेताहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वभाविक भएको बताइन् । 

“प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ । त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिष ज्ञान आउँदैन,” उनले भनिन्, “प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै संख्या पनि हामीसँगै छ ।”

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १७:२३