site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन प्रतिवेदन आएसँगै प्रदेश १ मा सरकार गठनको बाटो खुल्यो
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश १ का प्रदेशप्रमुख परशुराम खापुङसमक्ष निर्वाचन मत परिणामसहितको प्रतिवेदन बुझाएका छन् । शनिबार प्रदेशप्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमबीच थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएका हुन् ।
 
प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम प्रमुख निर्वाचन आयुक्तले प्रतिवेदन बुझाउने प्रावधान छ । संविधानअनुसार अब प्रदेशसभाको बैठक बोलाउन र सरकार गठन गर्ने बाटो खुलेको छ । 

अब २० दिनभित्र प्रदेशसभाको बैठक आह्वान हुनेछ । योसँगै दलहरुले संसदीय दलको बैठक बोलाउने र सरकार गठन गर्ने बाटो पनि खुलेको छ । 

Agni Group

प्रतिवेदनअनुसार प्रदेश १ को प्रदेशसभामा ६ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व भएको छ । प्रदेशतर्फ कूल सदर मतको एक दशमवल पाँच प्रतिशत मत प्राप्त गरेका दलहरुले समानुपातिकतर्फ प्रतिनिधित्व गरेका प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
 
प्रतिवेदन बुझ्दै प्रदेशप्रमुख परशुराम खापुङले निर्वाचनलाई निष्पक्ष, कम भड्किलो बनाएर आचारसंहिता पालना गराउनसमेत सक्षम रहनु खुसीको विषय भएको बताए । प्रदेश १ मा समानुपातिक निर्वाचनमा सहभागी भएका ३० वटा राजनीतिक दलको धरौटी जफत भएको छ । 

निर्वाचनमा २ प्रतिशतभन्दा बढी मत बदर भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले भने, “यो चिन्ताको विषय हो ।” उनका अनुसार प्रदेशतर्फ समानुपातिक मत धेरै बदर भएको छ ।
 
निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको भन्दै उनले धाँधलीरहित हुन नसकेकोसमेत बताए । भने, “मृत्यु भइसकेकाहरुको नाममासमेत मतदान भएको पाइयो ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC