site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन 
Ghorahi CementGhorahi Cement

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । 

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ । 

Agni Group

त्यस्तै, मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ताअघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ । तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन । 

नेपाल वायु सेवा निगम दाङका स्टेसन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुईवटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । 

Global Ime bank

मङ्सिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यसअघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए । उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ । 

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि, काठमाडौंबाटै इन्धन लिएर आउनुपर्ने अवस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौंबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो ।  

अहिले एयरपोर्टमा १९ सिटे टुइनअटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । 

अहिले दाङ–काठमाडौं हवाई भाडा न्यूनतम रु आठ हजार ८१० छ भने अधिकतम रु १२ हजार ६६५ रहेको छ । काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको रु २०० बढी हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत ५०० रहेको, दाङमा ३०० रहेकाले काठमाडौंबाट दाङ आउँदा रु २०० बढी लाग्ने गर्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC