site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेनका प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिलाई 'लेटर बम'
Tiktok banner adTiktok banner ad

म्याड्रिड। स्पेनका प्रधानमन्त्रीसहित उच्च पदस्थ सरकारी अधिकारीहरूलाई लक्षित गर्दै हालै 'लेटर बम' पठाइएको रहस्योद्घाटन भएपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । 

बुधबार राजधानी म्याड्रडस्थित युक्रेनी दूतावासमा त्यस्तै एउटा बम पडकिँदा त्यहाँका एकजना कर्मचारी घाइते भएका छन् । 

सरकारी अधिकारीहरूका अनुसार आक्रमणको तारो बनाइनेमा रक्षामन्त्री पनि रहेका छन् । त्यस्तै एउटा शंकास्पद उपकरण अमेरिकी दूतावासमा पनि पठाइएको छ । 

स्पेनले युक्रेनलाई समर्थन गरेको घटनासँग यी लेटर बमको सम्बन्ध रहेको अनुमान गरिएको छ । तर कसैले पनि जिम्मेवारी लिएको छैन । 

गत २४ फ्रेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले भने यस्ता 'धम्की वा कार्यहरू' पूर्णत: गलत भएको भन्दै आफूले कुनै पनि आतंककारी गतिविधिको भत्सर्ना गर्ने जनाएको छ । 

बिहीबार अपराह्न स्पेनी प्रहरीले म्याड्रिडस्थित अमेरिकी दूतावासमा पहिले नै यस्ता लेटर बमहरू निष्क्रिय पारिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्स सामु पुष्टि गरेको थियो । 

सुरुमा स्पेनी सरकारले पाँचवटा विभिन्न स्थानमा लेटर बम पठाइएको जानकारी दिएको थियो । २४ नोभेम्बरमा प्रधानमन्त्री पेद्रो सान्चेज कहाँ पनि पाइरोटेक्निक पदार्थ राखिएको एउटा पत्र पठाइएको तर कोही पनि घाइते नहुने गरी त्यसलाई निष्क्रिय पारिएको बताइएको छ । 

बीबीसीबाट । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro