site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कैलालीमा पाँच पूर्वमन्त्री पराजित
Sarbottam CementSarbottam Cement

धनगढी । संघीय सरकारको मन्त्री भइसकेका पाँचजना कैलालीका विभिन्न क्षेत्रबाट पराजित भएका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका हुन् । 

पराजित हुनेमा पूर्वमन्त्रीहरू लेखराज भट्ट, गौरीशंकर चौधरी, रामजनम चौधरी, नारदमुनि राना र पुष्करनाथ ओझा छन् । कैलालीका ५ वटा निर्वाचन क्षेत्रमा ६ पूर्वमन्त्री प्रतिस्पर्धामा थिए । पूर्वमन्त्री बीरबहादुर बलायरमात्रै कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भएका छन् । 

डोटीबाट कैलाली क्षेत्र नम्बर ४ मा झरेका बलायरले पूर्वमन्त्री लेखराज भट्टलाई उनकै निर्वाचन क्षेत्रमा पराजित गरेका हुन् । दुई पटक निर्वाचन जितेका भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित हासिल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भट्ट श्रम तथा यातायातमन्त्री भएका थिए । यसैगरी केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । यसपटकको निर्वाचनमा उनी तीन हजार ५८४ मतान्तरले पूर्वमन्त्री बलायरसँग पराजित भए । पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गर्दा विजयी बलायरले २६ हजार १७१ मत प्राप्त गरे ।  

कैलाली क्षेत्र नं. १ मा पूर्वमन्त्री रामजनम चौधरी अत्यधिक मतान्तरले पराजित भएका छन् । उनलाई १२ हजार ३२३ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पराजित गरिन् । पराजित चौधरीले १८ हजार ८१ मत पाउँदा विजयी चौधरीले ३० हजार ४०४ मत पाए । 

Global Ime bank

राजनीति तथा चुनावी रणनीतिमा चतुर मानिने चौधरी २०४८ सालदेखि निरन्तर टिकट पाएर चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५१, २०५६ र २०७० को निर्वाचन जितेका थिए । चौधरी २०७४ मा कैलाली क्षेत्र नं. ३ मा पराजित भएका थिए । यसपटक क्षेत्र नं. १ मा पराजित भएका छन् । चौधरी सामान्य प्रशासन सहायक मन्त्री, शिक्षा सहायक मन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्यमन्त्री भएका थिए । 

कैलाली क्षेत्र नं. ३ मा पूर्वमन्त्री गौरीशंकर चौधरी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हार व्यहोरेका छन् । नौ हजार ८७४ मत प्राप्त गरेर उनले तेस्रो स्थानमा सीमित भएका छन् । कैलाली क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भए । पूर्व माओवादी गौरीशंकर यसपटक नेकपा (एमाले)बाट चुनाव लडेका थिए । उनी कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुईपटक मन्त्री भइसकेका छन् । 

चौधरीले तत्कालीन माओवादी पार्टीबाट २०७० को संविधानसभाको निर्वाचन कैलाली क्षेत्र नं. ४ र २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र नं. ३ बाट जितेका थिए । क्षे नं. ५ मा दुई पूर्वमन्त्रीहरु पराजित भएका छन् । पूर्वमन्त्रीद्वय नारदमुनि राना र पुष्करनाथ ओझा पराजित भएका हुन । पूर्व वन तथा वातावरणमन्त्री रहेका राना नेपाली कांग्रेसका डिल्लीराज पन्तसँग एक हजार ७४ मतान्तरले पराजित भए । पराजित रानाले २० हजार ३१८ मत प्राप्त गरे । विजयी पन्तले भने २१ हजार ३९२ मत पाए । आठ हजार ३४९ मत पाएका ओझाले तेस्रो स्थानमा सीमित भएका हुन् । 

रानाले यसअघि, २०७४ को निर्वाचन यही क्षेत्रबाट जितेका थिए । नेपाली कांग्रेसका नेतृ डा. आरजु राणा देउवालाई पराजित गरेर उनी चर्चामा आएका थिए । यसैगरी, पूर्व राज्यमन्त्री ओझाले २०५६ आमनिर्वाचन क्षेत्र नं. ३ बाट जितेका थिए । २०७० को उपनिर्वाचन भने उनले क्षेत्र नं. ५ बाट जितेका थिए । डडेलधुरा र कैलाली–५ मा चुनाव जितेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीलाई छोडेपछि उपनिर्वाचन भएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC