site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाग्मतीको किनारमा वर्षौंदेखि बस्दैआएका सुकुम्बासीहरूको झुप्रे बस्ती हटाउन जाँदा काठमाडौं महानगरको प्रहरी टोली र बस्तीका बासिन्दाबीच सोमवार झडपै भयो । झडपमा महानगरका नगर प्रहरी प्रमुखलगायत केही घाइते भए । 
 
नगर प्रहरी र नगरबासीबीच भिडन्त हुनु पक्कै पनि अप्रिय र अवाञ्छित अवस्था हो । महानगर प्रहरी बस्ती भत्काउन डोजर लिएर प्रवेश गरेपछि त्यहाँका बासिन्दा उत्तेजित हुनु स्वाभाविकै थियो ।  
 
आफ्नो बस्ती उठाइने सूचना जारी भएदेखि नै त्यहाँका बासिन्दा उद्वेलित थिए । उनीहरूले काठमाडौं महानगरपालिका घेरे । सडकमा विरोध प्रदर्शन गरे । बस्ती उठाउन बल प्रयोग गर्नुभन्दा पहिले वार्ता गर्ने र समय दिने माग राखेका थिए ।
 
यसबीच उठाउन खोजिएको बस्तीका बासिन्दासँग वार्ता गर्न महानगरपालिका वा अन्य कुनै निकायले चासो देखाएनन् । सरकारी पक्षले भने सुकुमबासीको बसिरहेको ठाउँ नछाड्ने जिद्दीका कारण वार्ता नभएको स्पष्टीकरण दिएको छ ।
 
बस्तीका बासिन्दाले महानगर प्रहरीमाथि आक्रमण गर्नु दण्डनीय अपराध हो । परन्तु, उनीहरूसँग थातबास जोगाउने अर्को उपाय पनि सायद थिएन । थातबासै गुम्न लागेपछि आक्रोशित हुनु अस्वाभाविक भने होइन । 
 
यसैले महानगर प्रहरीले झडपमा संलग्न भएको निहुँ बनाएर सुकुमबासीको दमन गर्ने प्रपञ्च गर्नु अन्याय हुन्छ । बरु, उनीहरूसँग तत्काल वार्ता गरेर बस्ती उठाउँदा त्यहाँ बस्ने वास्तविक भूमिहीनलाई बस्ने ठाउँ उपलब्ध गराउन नेपाल सरकारले नै अग्रसरता देखाउनु जरुरी देखिन्छ ।
 
थापाथलीलगायत बाग्मती किनारका विभिन्न ठाउँमा बसेका सुकुमबासीहरूले पनि त्यहाँ स्थायीरूपमा बस्न हुँदैन र पाइँदैन भन्ने स्वीकार गर्नुपर्छ । कारण र बाध्यता जे भए पनि उनीहरूले सार्वजनिक जमिन अतिक्रमण गरेरै घर बनाएका हुन् । 
 
राज्यले यस्तो अतिक्रमित भूमि खाली गराउनै पर्छ । तर, त्यसरी बस्ती उठाउँदा प्रचलित कानुनको पालना तथा मानवीय संवेदनाको पनि लक्ष्मणरेखा नाघ्नु हुँदैन । थापाथलीमा सोमवार महानगर प्रहरीले मानवीय संवेदनाको उपेक्षा गर्दा अप्रिय स्थिति उत्पन्न भएको हुनुपर्छ ।
 
यसै पनि काठमाडौं महानगरपालिका र अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले मात्र यो समस्या समाधान गर्न सक्तैनन् । अन्ततः नेपाल सरकार संलग्न हुनैपर्छ भने बेलैमा किन नहुने?
 
बाग्मती किनारामा बस्दै आएकाहरूमध्ये वास्तविक भूमिहीनलाई अन्तै कतै घरघडेरी उपलब्ध गराएर संविधानले सुनिश्चित गरेको बसोबासको अधिकार चरितार्थ गर्ने जिम्मेवारी राज्यकै हो । यसैले अरू अतिक्रमणकारीलाई पनि  मीनपचासको जाडोसम्म बस्दै आएका ठाउँमा बस्न दिनुपर्छ ।
 
भूमिहीनलाई घरघडेरी तथा अरूलाई जाडो यामसम्म बस्न दिँदा पनि उनीहरू उठ्न मानेनन् भने महानगरपालिकाले उचित बल प्रयोग गर्नु अन्याय हुँदैन । त्यस अवस्थामा महानगरपालिकाको कार्यलाई नैतिक वैधता पनि हासिल हुन्छ ।  
 
अहिले कामचलाउ सरकारले सुकुमबासीको समस्यामा ध्यान दिन पनि नसक्ला । अबको महिना दिनभित्रै पक्कै पनि नयाँ सरकार गठन हुनेछ । यसैले अहिले देशव्यापी आन्दोलनका नाममा ऊर्जा खेर फाल्ने मूर्खता सुकुमबासीका संघसंस्थाले पनि नगरून् !
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC