site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो चरणको खेल सकिँदा अफ्रिका जितविहीन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार विश्वकपमा पहिलो चरणका खेल सकिँदा अफ्रिकी महाद्वीपका देशहरू जितविहीन बनेका छन् । अफ्रिकाबाट पाँच राष्ट्रले विश्वकप २०२२ मा प्रतिस्पर्धा गरिरहेका छन् । घानाले दुई गोल गर्नुबाहेक अरू देशले गोल पनि गर्न सकेका छैनन् ।

तुलनात्मक रूपमा कमजोर मानिएका एसियाली राष्ट्र साउदी अरब र जापानले प्रतियोगिताका बलिया राष्ट्रलाई स्तब्ध बनाए । तर, अफ्रिकाका दुई टिमले एक/एक अंक जोड्नुबाहेक बाँकी तीन पराजित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अफ्रिकाबाट बलियो मानिएको सेनेगल, क्यामरुन, घाना पराजित हुँदा मोरक्को र ट्युनिसियाले अंक बटुल्न सफल भएका छन् । मोरक्को र ट्युनिसियाको खेलमा समर्थकहरू पनि रंगशालामा भरिभराउ थिए । दुवै देशबाट गल्फ राष्ट्रमा कामका लागि जानेको संख्या धेरै छ । मोरक्को र ट्युनिसिया दुवैले अपेक्षा गरिएभन्दा राम्रो प्रदर्शन गर्न सफल भए ।

ट्युनिसियाले मंगलबार डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको थियो । मोरक्कोले गत संस्करणको उपविजेता क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । ट्युनिसिया समूह ‘डी’को दोस्रो स्थानमा छ । मोरक्को समूह ‘एफ’को तेस्रो स्थानमा छ ।

Global Ime bank

क्यामरुन स्वीट्जरल्यान्डसँग १–० ले पराजित भयो । स्वीट्जरल्यान्डको जितमा क्यामरुनमै जन्मिएका ब्रेड इम्बोलोले गोल गरेका थिए । घाना पोर्चुगलसँग ३–२ ले पराजित भयो । अफ्रिकन कप अफ नेसन्स विजेता सेनेगल डेनमार्कसँग २–० ले हार्‍यो ।

रुसमा सम्पन्न सन् २०१८ को विश्वकपमा सबै अफ्रिकी राष्ट्र समूह चरणबाटै बाहिरिएका थिए ।

“हामी अझै दृढ छौँ । किनभने, हामीलाई थाहा छ कि यस विश्वकपमा अझै पनि सफलता हासिल गर्न सक्छौँ । हामी अझै पनि हाम्रा सम्भावनाहरूमा विश्वास गर्छौँ,’’ सेनेगलका कप्तान कालिल्डाउ कोउलिबालीले शुक्रबार आयोजक कतारविरुद्धको खेलअघि भने ।

कतार एसियाली च्याम्पियन भए पनि पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो । तर, जापान र साउदी अरबको नतिजाले कतारको हारलाई छायामा पारिदियो । जापानले जर्मनीलाई तथा साउदीले अर्जेन्टिनालाई समान २–१ को नतिजामा पराजित गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC