site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उरुग्वे र दक्षिणी कोरियाबीचको पहिलो हाफ गोलरहित बराबर
Ghorahi CementGhorahi Cement

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह 'एच' को खेलमा बिहीबार दक्षिणी कोरियासँग पहिलो हाफमा उरुग्वे गोलरहित बराबरीमा रोकिएको छ ।

कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही मौका बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

Agni Group

खेलको ३५औँ मिनेटमा मुन ह्वान किमले गरेको क्रसमा १८ यार्ड बक्सभित्र रहेका युई जो ह्वाङले गरेको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । 

खेलको ४४औँ मिनेटमा डियागो गोडिनको हेडर सेकेन्ड बारमा लागेर फर्किएपछि उरुग्वे अग्रता लिनबाट चुक्यो । 

Global Ime bank

यो समूहमा उरुग्वे र दक्षिण कोरियासँगै पोर्चुगल र घाना छन् ।

यो खेलपछि आजै राति ९:४५ बजे समूह 'एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ । यो खेल रंगशाला ९४७ मा हुनेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२:४५ बजे समूह 'जी' को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC