site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फ्रान्समा लेखापरीक्षणकाे क्रममा कर अधिकारीको हत्या

पेरिस । सेकेन्ड ह्यान्ड सामानहरूको कारोबार गर्ने डिलरको घरमा लेखपरीक्षण गर्न गएका फ्रेन्च कर निरीक्षकको हत्या भएको फ्रान्स प्रहरीले बताएकाे छ ।

सानो उत्तरी गाउँ बुल्लेकोर्टस्थित ती डिलरको घरमा पीडितको लाश भुँइमा भेटिएको र उनका महिला सहयोगीलाई मेचमा बाँधिएको अवस्थामा फेला पारिएको सरकारी अधिकारीहरूले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

४३ वर्षीय कर अधिकारीको छुरा प्रहार गरी हत्या गरिएको छ । सोही भवनभित्र गोली लागेर मरेको अवस्थामा डिलरको शव पनि फेला परेको छ । स्थानीय वकिलको कार्यालयले ती डिलरले आफैँमाथि गोली चलाएको बताएको छ । 

एर्रासदेखि दक्षिण पूर्वमा रहेको करिब २ सय ५० जनआवादी रहेको बुल्लेकोर्टका मेयर एरिक बियान्चीनका अनुसार विभिन्न घर र कार–बूट सेल्सबाट संकलन गरिएका सामानहरू ती ४६ वर्षीय व्यापारीले आफ्नो फार्ममा पुन: बिक्रीमा राख्ने गरेका थिए । बीबीसीबाट

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०४:००
प्रतिक्रिया दिनुहोस्