site stats
बाह्रखरी :: Baahrakhari
विदेश
'१८ वर्ष पुगेपछि मात्र मतदान गर्न पाउने कानुन भेदभावपूर्ण छ'

अकल्यान्ड । न्युजिल्यान्डको सर्वोच्च अदालतले मुलुकको अहिलेको मतदान गर्न पाउने १८ वर्षको उमेर भेदभावपूर्ण रहेको फैसला गर्दै संसदले सो उमेर घटाउनेबारे छलफल गर्नुपर्ने जनाएको छ ।

'मेक इट सिक्सटिन' नामक अभियन्ता समूहले यो मुद्दा अघि सारेको हो । यस समूहले मतदान गर्न पाउने उमेर घटाएर १६ र १७ वर्ष उमेरकालाई पनि मताधिकार दिइनुपर्ने आवाज उठाएकाे हाे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस समूहले त्यस्तो अवस्थामा कलिला उमेरका युवायुवतीले पनि आफूलाई प्रभावित पारिरहेका 'जलवायु परिवर्तन' जस्ता विषयमा मतदान गर्न सक्ने बताएको छ । 

सर्वोच्चले यस्तो निर्णय गर्दैमा मतदान गर्ने उमेर निश्चित रूपमा घटाइने छ भन्ने पनि छैन । यस निर्णयबारे टिप्पणी गर्ने क्रममा 'मेक इट सिक्सटिन' अभियन्ता क्याएडन टिप्लरले बीबीसीलाई भनेका छन्, "हाम्रो संघर्ष कठिन खालको थियो तैपनि सर्वोच्च अदालतले हाम्रै पक्षमा निर्णय दिनेछ भन्नेमा हामी ढुक्क थियौँ ।"

न्युजिल्यान्डका प्रधानमन्त्री जासिन्डा आर्डनले भनेकी छन्, "व्यक्तिगत रूपमा म यो उमेरहद १६ पुर्‍याइनुपर्छ भन्ने पक्षमा छु । तर, मैले र सरकारले चाहेर मात्र यो कुरा पूरा हुन सक्दैन । कुनै पनि चुनावी कानुन परिवर्तनका लागि ७५ प्रतिशत विधायकको समर्थन आवश्यक हुन्छ ।"

सम्पूर्ण पार्टीले उमेर घटाउने विषयमा सहमति जनाउने छैनन । मध्यमार्गी –दक्षिणपन्थी नेसनल पार्टीले यस कदमको विरोध गर्नेछ । साथै लेवर पार्टीले उमेर परिवर्तनका लागि समर्थन गर्छ वा गर्दैन भन्ने निश्चित भइसकेको छैन । बीबीसीबाट 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०३:२७
प्रतिक्रिया दिनुहोस्