संसद् निर्वाचन २०७९

सुनसरी । सुनसरी-४ मा सूचना प्रविधि तथा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।
१९८६ मतगणना हुँदा कार्कीको ८५९ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई नेकपा(एमाले)का जगदिश कुशियतले ६५६ मतका साथ पछ्याइरहेका छन् ।
स्वतन्त्र उमेदवार डा. खालिद हुसैन १८१ मतका तेस्रो स्थानमा छन् ।
कार्कीले सुरुआतदेखि नै अग्रता कायम राखेका हुन् । सुनसरीको इनरुवास्थित भगवति माविमा मतगणना भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ २१:५०
प्रतिक्रिया दिनुहोस्