site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
रौतहटका दुई मतदान केन्द्रमा हवाई फायर
फाइल तस्बिर ।

जनकपुरधाम । रौतहटका दुई मतदान केन्द्रमा आइतबार बिहान हवाई फायर भएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

गुजारा नगरपालिका–४ र गरुडा नगरपालिका–६, अमारखाना मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा हवाई फायर गरी स्थिति नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार दुवै ठाउँमा दुई/दुई राउन्ड हवाई फायर गरिएको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।

गजुरामा मतदान केन्द्रबाहिर पाँचदलीय गठबन्धन र नेकपा (एमाले)–जसपा गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । पछि उनीहरू मतदान केन्द्रमा प्रवेश गर्न खोजेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, अमारखानामा बुथ प्रतिनिधिहरूले विवाद गर्दा हवाई फायर गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्