देश
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२, करैयास्थित मतदान केन्द्रनजिकै विस्फोटको आवाज सुनिएपछि मतदान स्थगित गरिएको छ ।
केही बेरअघि मतदान केन्द्रनजिकै विस्फोटको आवाज सुनिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले बाह्रखरीलाई बताए ।
सो विषयमा थप अनुसन्धान सुरु गरिएको कोइरालाले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १०:१६
प्रतिक्रिया दिनुहोस्