site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
नेपाल–भारत सीमा नाका बन्द हुँदा मेचीपुलमा यात्रु अलपत्र

झापा । आइताबर हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर बिहीबार राति १२ बजेदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिएपछि शुक्रबार बिहान नेपाल भारत जोड्ने मेची पुलमा आवतजावत गर्ने सर्वसाधारण अलपत्र परेका छन् । 

Sima naka Kakarbhitta banda 11668768671.jpg

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

औषधि उपचार गर्न भारततर्फ हिँडेका, आँखाको उपचारका लागि नेपाल आएर भारत फर्कन लागेका, हवाईजहाज र रेलको टिकट बोकेका, भारतीय सेनामा कार्यरत नेपालीहरूको मेची पुलमा भीड लागेको छ ।

काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको पानीट्यांकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । भारतसँग नेपालको खुला  सिमाना १४४.०२ किलोमिटर छ । मेचीनगर नगरपालिका क्षेत्रको ३४ किलोमिटर खुला सीमाना छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्