site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
सरकारको निगरानीमा 'विप्लव समूह'
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले यही मंसिर ४ को निर्वाचन बिथोल्ने घोषणा गरेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । 

गृहसचिव विनोद सिंहका अनुसार देशभर नेपाली सेनाको ९०३ टोली बम डिस्पोजलका लागि परिचालन गरिएको बताए । उनले चुनाव बिथोल्न खोज्ने गतिविधिहरू कुनै पनि हालतमा सैह्य नहुने बताए ।

मन्त्रालयले आम जनतालाई भयरहित र हौसलापूर्वक तरिकाले मतदानमा सहभागी हुन आग्रह पनि गरेको छ । निर्वाचन लक्षित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै देशभर हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको गृहसचिव सिंहले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्