site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा मंसिर ४ गते मतदान हुने भएकाले आज मंसिर १ गते बिहीवार मध्यरात देखि मौन हुने सूचना निर्वाचन आयोगले जारी गरेको छ । मौन अवधिमा चुनाव प्रचारका कुनै पनि गतिविधि गर्न पाइँदैन ।
 
मतदाताले अरूको दबाब र प्रभावमा नपरी स्वतन्त्ररूपमा मतदान गर्न पाउने सुनिश्चित गर्न मतदानभन्दा केही समय पहिले चुनाव प्रचार नगर्ने वा गर्न नपाइने चलन विश्वभर नै छ । निर्वाचनको मर्यादा बढाउने विश्वासमा मौन अवधिको चलन सुरु भएको हुनुपर्छ । 

नेपालमा भने अधिकांश राजनीतिकर्मी जसरी पनि चुनाव जित्ने मानसिकताले जे पनि गर्न तयार देखिन्छन् । निर्वाचन प्रचारका क्रममा भएका झडपहरू तथा प्रतिस्पर्धीविरुद्ध व्यक्त तुच्छ वचन यसैको उदाहरण हो ।
 
लोकतान्त्रिक शासन प्रणाली नेपाली जनताले नै रोजेका हुन् । लोकतन्त्र सुदृढ बनाउन स्वच्छ र निष्पक्ष निर्वाचन पनि जनताकै चाहना हो । अतः उमेदवार र तिनका समर्थकले निर्वाचन आचार संहिता तथा लोकतान्त्रिक मूल्यहरूको सम्मान नगर्दा जनइच्छाको अवज्ञा हुन्छ ।
 
चुनाव नजित्दै कानुन र नैतिकताको ‘लक्ष्मण रेखा’ नाघ्न नहिचकिचाउने उमेदवारलाई विधिको शासन र लोकतन्त्र रुचाउने मतदाताले पक्कै पनि मत दिनेछैनन् । अर्थात्, मौन अवधिमा प्रचारप्रसार गर्ने उमेदवारको चुनाव जित्ने सम्भावना घट्छ । अर्थात्, अनुचित चलखेल प्रत्युत्पादक बन्न सक्छ ।
 
सामाजिक सञ्जालको व्यापकता र सूचना प्रविधिको विकासले अहिले कसैको कुनै राम्रो वा नराम्रो कामको प्रचार प्रसार हुन धेरै बेर लाग्दैन । मौन अवधिमा निषेधित क्रियाकलाप गर्ने सोचमा भएकाहरूले अहिले त्यस्तो अपराध लुकाउन निकै कठिन हुने यथार्थको पनि हेक्का राख्नु जरूरी छ ।
 
विगतमा मौन अवधिमा प्रचार प्रसार गर्नेहरूबीच झडपका घटना भएका थिए । यसपटक पनि त्यस्ता घटना हुनसक्छन् । यसैगरी बम विस्फोटका घटना पनि सार्वजनिक भएका छन् । यद्यपि, यसपटक बम बोक्ने र बनाउने नै विस्फोटबाट घाइते भएको समाचार छ ।
 
मौन अवधिको उल्लङ्घन गर्ने दाउ कसैले हेरेको छ भने त्यसले यस्ता सबै सम्भावनाको जोखिम पनि बुझेकै हुनुपर्छ । यसैले निषेध गरिएका काममा कोही पनि संलग्न नहुँदा नै निर्वाचनको इज्जत बढ्छ । मौन अवधिको सम्मान गरौँ !  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC