site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सप्तरी–३ : प्रदेशसभाका उमेदवारमध्ये कसको अवस्था कस्तो ?
Ghorahi CementGhorahi Cement

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतको प्रदेशसभा (क) बाट १८ र (ख) बाट ११ गरी २९ उमेदवार प्रतिस्पर्धामा छन् । स्थानीय तहको निर्वाचनमा वडाहरूमा पाएको मतभारलाई हेर्दा (क) मा मो. समिम र (ख) मा विदेश्वर प्रसाद यादव विक्की अरुभन्दा सेफ जोनमा देखिएका छन् । समिम सत्ता गठबन्ध दल नेपाली कांग्रेसका उमेदवार हुन् । विक्की जसपा–एमाले गठबन्धनतर्फबाट जसपाको उमेदवार हुन् । यी दुवै २०७४ को निर्वाचनमा विजयी भएका थिए ।

यसपटक पनि आफू नै दोहरिने दाबी मो. समिमको छ । पाँच वर्षमा गरेको विकासको आधारमा जनताले जिताउने उनलाई विश्वास छ । “अहिले जनताको घरमा जाँदा आफूले गरेको विकासका कामबारे चर्चा हुन्छ । र, पुनः जितेर आउनुस् भन्छन्” समिमले भने । 

यसपटक चुनाव जितेपछि भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारमा जोड दिनुका साथै यस क्षेत्रका जनतालाई आत्मनिर्भर बनाउने योजना बनाएर काम गर्ने उनले बताउँदै आएका छन् । 

Agni Group

प्रदेशसभा (ख) का उमेदवार विदेश्वरप्रसाद यादव विक्कीले आफू चुनाव जित्नेमा दुईमत नरहेको बताएका छन् । उनले यसअघि जनताले आफूलाई जिताउँदा गरेको विकासका कामका आधारमा जनताले मतदान गर्ने विश्वास व्यक्त गरे । “मैले चुनाव जितेपछि यस क्षेत्रको १७ वटै वडामा जनतालाई विकासको अनुभूती हुने गरी ठोस काम गरेको छु । अझै धेरै गर्न बाँकी छ,” यादवले भने, “अव चुनाव जितेपछि यस क्षेत्रमा आधुनिक अस्पताल बनाउने योजना छ । किसानको खेतमा सिचाई पुर्याउने अधुरो काम पूरा गर्नु छ ।”

समिमलाई चुनौती
प्रदेशसभा (क) मा दल र स्वतन्त्र गरी १८ उमेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनविरुद्ध उमेदवारी दिएका जसपा–एमाले गठबन्धनका उमेदवार जोगेन्द्र भगत पनि कमजोर छैनन् । उनी रेडक्रस सप्तरीका पूर्वसभापति हुन् । समाज सेवामा उनले लामो समयदेखि काम गर्दै आएका छन् । भगतले जिल्लाको विभिन्न विद्यालय, अस्पतालका लागि जग्गा दान गरेर चर्चा कमाएका छन् । समाजसेवी भएर यस जिल्लाका लागि धेरै काम गरेकाले जनताले जिताउने उनको विश्वास छ ।

Global Ime bank

यस्तै लामो समयदेखि कांग्रेस पार्टीमा रहेर राजनीति गरेका रामप्रसाद मंडलले टिकट नपाएपछि जनमत पार्टीबाट प्रदेशसभामा उमेदवारी दिएका छन् । यसैगरी लामो समयदेखि धार्मिक क्षेत्रमा काम गर्दै आएका रामकुमार यादव शास्त्री पनि स्वतन्त्रबाट उमेदवारी दिएकाले समिमलाई जित निकाल्न त्यती सहज भने छैन । 

को छ अगाडि ? 
प्रदेशसभा (ख) मा दल तथा स्वतन्त्र गरी ११ उमेदवार प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । तर, मुख्य रुपमा दुई उमेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् । जसपा–एमाले गठबन्धनका उमेदवार विदेश्वरप्रसाद यादव (विक्की) र सत्ता गठबन्धनका उमेदवार भगवतीप्रसाद यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उमेदवार पुरानै प्रतिस्पर्धी हुन् । अंकगणितका आधारमा विक्की बलियो प्रतिस्पर्धी देखिएका छन् । २०७४ को निर्वाचनमा भगवतीलाई पराजित गर्दै विक्कीले चुनाव जितेका थिए ।

स्थानीय तहको चुनावमा जसपा–एमालेले प्राप्त गरेको आधारमा विक्की ६ हजार ८०० मतले अगाडि रहेका छन् । 

यस्तो छ अंकगणित
प्रदेशसभा (क) मा तीनवटा पालिका छन् । स्थानीयतहको मत हेर्ने हो भने सत्ता गठबन्धनले शम्भुनाथ नगरपालिकाको ११ वटामा ९ हजार ८१६, रुपनी गाउँपालिकाको ६ वटा वडामा ७ हजार ६ र विष्णुपुर गाउँपालिकाको ७ वडामा ४ हजार ७२७ मत गरी कूल २१ हजार ५४९ मत प्राप्त गरेको देखिन्छ । जसपा–एमाले गठबन्धनले शम्भुनाथमा ३ हजार २७८, रुपनीमा ५ हजार ४१ र विष्णुपुरमा ५ हजार २८ मत गरी कूल १३ हजार ३४७ मत प्राप्त गरेको देखिन्छ । २४ वटा वडा रहेको प्रदेशसभा (क) मा सत्ता गठबन्धन ८ हजार २०२ मतले अगाडि देखिन्छ ।

प्रदेशसभा (ख) मा शम्भुनाथ नगरपालिकाको १२ नम्बर वडा, डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिका गरी १७ वटा वडा रहेको छ । यस क्षेत्रमा सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत शम्भुनाथ १२ मा १ हजार ८६, डाक्नेश्वरीमा ७ हजार ३७२ र राजगढमा ५ हजार २० गरी कूल १३ हजार ४७८ मत पाएको देखिन्छ । यसरी नै जसपा–एमाले गठबन्धनले शम्भुनाथ १२ मा ९०४, डाक्नेश्वरीमा ११ हजार ८६७ र राजगढमा ७ हजार ५७३ मत पाएको हो । दुवै गठबन्धनले वडामा पाएकोे मत हेर्दा सत्ता गठबन्धन भन्दा जसपा–एमाले गठबन्धन ६ हजार ८६६ मतले अगाडि छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC