site stats
बाह्रखरी :: Baahrakhari
आङछिरिङ शेर्पा
जब ओली मध्यरातमा एलओडी पुगेर र्‍याप गाए

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गएराति ठमेलस्थित एलओडी नाइट क्लव पुगे । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवा थिए । जसले नारा लगाए– ‘केपी बा’ । 

ओली एलओडी पुग्नुको कारण थियो, र्‍याप गाउनु । सहर सहरमा ओली र्‍याप क्लवमा घन्कियो । जसमा  एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ । जसमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भू–भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओली आफैँले पनि र्‍याप गाए, रमाइलो गरे । क्लवमा उपस्थित युवामा जोश भरे । र, आशन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेको पक्षमा माहोल खडा गरे । 

ओली आफैंले आफ्नो फेसबुक पेजमा आफू एलओडी पुगेको उल्लेख गर्दै तस्बिरहरू राखेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्