site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सामसङ ग्यालेक्सी ए ४ नेपाली बजारमा

काठमाडौं । सामसङ ग्यालेक्सी ए ४ नेपाली बजारमा उपलब्ध भएको छ । सामसङले उक्त स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्राहकलाई विश्वासको भावना दिन सक्ने उत्पादनहरू लिएर आएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ ग्यालेक्सी ए ४ मा ५० एमपीको  क्यामेरा छ । पाँच हजार एमए एचइन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जर छ । फोनमा ६.५ फुल–स्क्रिन र डल्बी एटमसको आवाज रहनेछ ।

सामसङ ग्यालेक्सी ए ४ को ४ जीबी + ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ तथा ३ जीबी + ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रङमा उपलब्ध छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्