site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
प्रधानसेनापतिको निर्देशन : निर्वाचनसम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा गर्नुस्

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् । 

रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वाटर तथा दाङ्गको रणसिंहदल गणको आज निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति शर्माले उक्त निर्देशन दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानसेनापति शर्माले निरीक्षण भ्रमणका दौरान ती पृतनाको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका साथै गणको वस्तुस्थितिका बारेमा समेत जानकारी लिए । 

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा ईलाकामा नेपाली सेनाद्वारा स्थापना गरेको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण भ्रमण गरी आवश्यक निर्देशन दिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्