site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाउँका मतदाता भन्छन् : जसले जिते पनि मुठ्ठीभर टाठाबाठालाई मात्र फाइदा !

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सुनवर्षी नगरपालिकाको झपरतलचौकमा चुनावी कार्यक्रम चल्दै थियो । दलका केही कार्यकर्ता आफ्ना उमेदवारको पक्षमा 'जिन्दावाद'का नारा लगाउँदै थिए । तर, मन्टाला राजवंशी र उनका साथीहरू भने कोणसभामा नगइ नजिकैको चिया पसलबाट कार्यक्रम हेर्दै थिए । 

“कार्यक्रममा किन नजानु भएको ?” बाह्रखरी संवाददाताले प्रश्न सोध्नासाथ भने, “नेता सबै उस्तै हुन्, दल पनि त्यस्तै छन्, चुनावका बेला आउँछन, जितेर जान्छन्, उनीहरूकै आसेपासे र टाठाबाठाले मात्र सुविधा लिन्छन्, गाउँको विकासमा ध्यान दिँदैनन् ।”

मन्टालालको भनाइलाई शेषराज राजवंशीले पनि समर्थन गरे । “यहीँ हामीले अनन्त मन्दिरको अधुरो काम पूरा गराइदिन स्थानीय सरकार गुहार्‍याैँ तर पालिका प्रमुखले हामीलाई वास्तै गरेनन्, उनका सहयोगीले त्यही बजेट अन्यत्रै लगेछन्,” उनले सुनाए । 

दलका कार्यक्रममा स्थानीय सहभागिता भन्दा पनि बढी आयातित कार्यकर्ताको चाप देखिने गरेको सर्वसाधारण मतदाताले बताउने गरेका छन् ।

Gauka Matadata 11667705338.jpg

झपरतलका सुरेश चौधरी भन्छन्, “जनताका समस्या नेता र जनप्रतिनिधिसमक्ष पुग्नै नदिने बीचका ठुटे नेताहरूको गिरोह नै छ, जसले नेता र जनताबीच दुरी कायम गरिदिएको छ ।” उनले यस्ता विषयमा नेताहरूसमेत सचेत हुनुपर्ने बताए । 

मीना राजवंशी सागसब्जीको व्यापार गर्छिन । तरकारी बाली लगाउन सधैँ मलखादको समस्या हुन्छ । “तर, चुनावमा बेला ठूलाठूला आश्वासन दिने नेता त्यसपछि बेपत्ता हुन्छन्,” राजवंशीले भनिन्, “यहाँ वडामा जिताएकाहरुले समेत हामीलाई वास्ता गर्दैनन् ।”

Gauka Matadata 41667705337.jpgसुनसरीको गढी गाउँपालिकाको मधेलीमा एउटा चुनावी सभा चलिरहेको थियो । दुलर चौधरी परैबाट हेरिरहेकी थिइन् । उनी खेतमा धान काटेर थकाइ मेट्न सडकतिर उक्लिएकी थिइन् । चुनावी प्रचार गर्दै गरेका उमेदवार र गाडीका लस्कर पश्चिमतिर गइरहेका थिए ।

दुलरले बाह्रखरीसँग भनिन्, “हामी आफ्नै समस्या र व्यस्ततामा छौँ । उमेदवार आउँछन् । भोट लिन्छन् अनि जान्छन्, तर, जनताको समस्या बुझ्न फेरि आउँदैनन् ।” उनले यो पटक निकै विचार गरेर मात्र आफूले मत खसाल्ने निधो गरेको सुनाइन् ।

मधेलीकै लोधरी चौधरीको टोलमा सुकुम्बासीको निकै ठूलो समस्या छ । उनीहरूकाे लागि व्यवस्थित बस्ती बसाउन सके राम्रो हुने थियो । तर, सुकुम्बासीका समस्या समाधान गर्न चासो दिएको पाइँदैन ।

लोधरी भन्छिन्, “चुनावका बेला त नेताले अकाशका तारा धर्तीमै झार्नेसम्मका कुरा गर्छन्, तर, त्यसपछि पाँच वर्ष भाग्छन् ।” सोचविचार गरेर र अनि जनताको लागि काम गर्ने नेतालाई मात्र भोट दिनुपर्ने उनी बताउँछिन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro