site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली दार्चुला गएर लिम्पियाधुरा फिर्ता हुने होइन, वार्तामार्फत फिर्ता ल्याउँछौँ : देउवा
Sarbottam CementSarbottam Cement

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्ने बताएका छन् । गृहजिल्ला डडेलधुराको अजयमेरु गाउँपालिकास्थित भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

“केपी शर्मा ओलीज्यूले दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउने होइन,” उनले भने, “अतिक्रमित भूमि फिर्ता ल्याउनका लागि के लड्न सक्नुपर्‍यो । होइन भने कूटनीति पहलबाट फिर्ता ल्याउनु पर्‍यो । हामी कूटनीतिक पहल गर्दै वार्तामार्फत अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्छौँ ।”

जनताले चुनेको प्रतिनिधिसभा भङ्ग गर्ने अधिकार कसैलाई नभएको प्रधानमन्त्री देउवाको तर्क थियो । “पहिले त त्यो अधिकार थियो,” उनले भने, “तर, ओलीजीले बदमासी गर्लान् भन्ने पूर्वानुमान गरेरै त्यो व्यवस्था हटाएका थियौँ । तर, ओलीजीले दुईपटक संसद् भङ्ग गरिदिए । हामी त्यस्तो कहिले पनि गर्दैनौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री देउवाले देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको बताए । “डडेलधुरामा पनि धेरै विकास भइसकेको छ,” उनले भने, “अधुरा काम पनि अबका ५ वर्षभित्रै सम्पन्न गर्ने योजना छ ।”

प्रधानमन्त्री देउवाले डडेलधुरामा विमानस्थल पनि बनाएरै छोड्ने बताए । भने, “अजयमेरु गाउँपालिकाको पुइलेकमा विमानस्थल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन भइसकेको छ । यहाँ हवाईजहाज ल्याएरै छाड्ने हो । उग्रतारा–मेलौली सडक पनि कालोपत्रे भइरहेको छ ।”

Global Ime bank

देउवाले डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि प्रक्रिया अगाडि बढिसकेको बताउँदै अब उपचारका लागि र चिकित्सा शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताए । 

बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा आज पनि चुनावी सभामै व्यस्त भए । उनले आज अजयमेरु गाउँपालिकासँगै भागेश्वर गाउँपालिकाको रुपालमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका छन् । 

नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार देउवाले भोलि ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

डडेलधुरामा देउवाविरुद्ध लामोसमय उनकै स्वकीय सचिव रहेका बीपी कांग्रेसका कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायतका आठजना उमेदवार चुनावी मैदानमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement