site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ट्विटरले प्रयोगकर्ताबाट प्रमाणीकरण शुल्क उठाउने !
Sarbottam CementSarbottam Cement

न्युयोर्क सिटी । ट्विटरका नयाँ मालिक तथा विश्वका सर्वाधिक धनी अर्बपति एलन मस्कले आफ्नो कम्पनीको प्रतिष्ठित 'निलो टिक' परिमार्जित हुने बताएका छन् । सञ्चार माध्यमले ट्विटरले प्रयोगकर्तालाई प्रमाणीकरण शुल्कबापत प्रति महिना २० अमेरिकी डलर उठाउन सक्ने खबर पनि सार्वजनिक गरेका छन् ।

मस्कले ट्विटर खरिद गरेको केही दिनपछि नै प्रमाणीकरण प्रक्रिया परिमार्जन भइरहेको ट्विट गरेका छन् । अहिलेसम्म नि:शुल्क उपलब्ध निलो टिकले प्रयोगकर्ताको एकाउन्ट आधिकारिक हो भन्ने संकेत प्रदान गर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत शुक्रबार ४४ अर्ब डलर तिरेर ट्विटरको स्वामित्व हासिल गरेका मस्कले ट्विटरमा आफूलाई चिफ ट्विटको रूपमा नामकरण गरेका थिए ।

ट्विटर खरिद विषयलाई लिएर महिनौँ कानुनी झमेलामा परेका उनले पटकपटक ट्विटरको प्रमाणीकरण प्रक्रियाबारे चिन्ता व्यक्त गरेका थिए । उनका अनुसार स्पाम र बोट एकाउन्टहरूले साइटमा फोहोर गरेका थिए ।

Global Ime bank

मस्को पछिल्लो ट्विटले यकिन रूपमा के परिवर्तन हुँदैछन् भन्नेबारे विस्तृत विवरण खुलाएको छैन ।

तर, टेक वेबसाइट भर्जले आन्तरिक संवाददातालाई उद्धृत गर्दै ट्विटरले प्रयोगकर्ताको निलो टिक प्रमाणीकरण स्थितिका लागि जनही १९ दशमलव ९९ डलर शुल्क उठाउने छ । प्रमाणीकरण सूचीमा परेका प्रयोगकर्ताहरूलाई नब्बे दिनभित्र सब्स्क्राइब नगरेमा उनीहरूले निलो टिक गुमाउने सूचना दिइने पनि बताइएको छ ।

मस्कले ट्विटर खरिद गर्ना साथ त्यसको प्रमुख कार्यकारिणी अधिकारी, अध्यक्ष र वित्त प्रमुखले जागिर गुमाएका थिए ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC