site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाको घोषणापत्र : पुँजीबजारमा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाइने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आफ्नो सरकार बने आगामी पाँच वर्षभित्र पुँजीबजारमा विदेशी संस्थागत लगानीकर्ताको अकर्षण बढाउन नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ । 

सोमबार ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९’ को लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै पुँजीबजारमा संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने प्रतिबद्धता गरिएको हो ।

“पुँजीबजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाइनेछ,” घोषणापत्रमा लेखिएको छ ।

त्यस्तै, वैदेशिक लगानीसमेतलाई आकर्षित गर्न उद्योग दर्ता प्रक्रियालाई सरलीकरण गरी उद्योग व्यवसाय दर्तामा लाग्ने समय र लागत कम गरिने पनि प्रतिबद्धता जनाइएको छ । डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई चुस्त बनाइने पनि प्रतिवद्धता गरिएको छ ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिने पनि घोषणापत्रमा उल्लेख छ ।  

त्यसैगरी समयमा नै विकास आयोजना सम्पन्न गर्ने स्थानीय तहलाई प्रोत्साहित गर्ने गरी दुई प्रतिशत बोनस सुविधा प्रदान गरिने पनि चुनावी घोषणापत्रमा उल्लेख छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro