site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धन साना दुःखले आर्जेको होइन, बयलगाडा दर्शनमा किताब लेखे हुन्छ : माधव नेपाल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई जोगाउन ठूलो जोखिम मोल्नुपरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित गठबन्धनको वाग्मती प्रदेशस्तरीय भेलामा उनले त्याग, तपस्या धेरै गरेकाले गठबन्धन जोगिएको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“साना दुःखले आर्जेको गठबनधन हैन यो । ठूलो त्याग, तपस्या गरेर, जोखिमको समाना गरेर ल्याएका हौँ,” उनले भने, “सबै दलका नेताहरूले सहमति गरेर फाइनल गरेको साझा उमेदवारहरूलाई विजयी बनाउन जुट्नुपर्छ । यसो नभए प्रतिगमनकारीहरूको मनोबल बढ्छ ।”

उनले गठबन्धन पवित्र उद्देश्यका साथ स्थापना भएको बताए । ००७ साल, ०४६ तथा गणतन्त्रको आन्दोनलमा नेपाली कांग्रेस कम्युनिस्टसँगसँगै मिलेर अघि बढेको उनले उल्लेख गरे । वितगमा पनि एक्लै हिँड्न खोज्दा असम्भव देखिएको परिवर्तन कम्युनिस्ट–कांग्रेस मिलेर सम्भव भएको उनले बताए ।

Global Ime bank

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष समेत गरे । ‘ओली बयलगाडाको सिद्धान्तकार भएर देशघाती राप्रपासँग एकतामा होमिएको’ उनको भनाइ छ । उनले बयलगाडाको विषयमा किताब लेख्न सकिने भन्दै व्यंग्य गरे ।

“बयलगाडाका सिद्धान्त र दर्शनशास्त्रमा बुद्धिजीवी साथीहरूले किताब लेख्न आवश्यक छ । त्यो दर्शनले देश कहाँ–कहाँ पुगेको छ,” उनले भने, “त्यो दर्शन अंगीकार गरे देशघाती र राप्रपाहरूसँग गठबन्धन र एकता हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय