site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको मुख्य नेता म थिएँ, संविधान जोगाउन विद्रोह गरेँ : माधव नेपाल
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच अपवित्र गठबन्धन भएको टिप्पणी गरेका छन् ।

शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको मधेश प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेपालले आफूहरूको उद्देश्य भने पवित्र रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

"पाँच दलीय गठबन्धनले मुलुकलाई संकटबाट बचाउन गरिएको छ । संविधानलाई बचाउनका लागि गरिएको छ," उनले भने, "त्यसकारण पाँच दलीय गठबन्धनको उद्देश्य पवित्र छ । तर एमाले जसापको गठबन्धन अपवित्र हो । त्यहाँ संघीयता विरोधी तत्त्वहरू छन् । उनीहरूलाई परास्त गर्नुपर्छ ।"

एमालेको मुख्य नेता आफू भएको र  प्रजातन्त्र र संविधानमाथि हमला हुँदा विद्रोह गरेको उनले बताए ।  नेपालको हरेक परिवर्तनमा कम्युनिस्ट र लोकतन्त्र मिलेको स्मरण गरे ।

Global Ime bank

२००७ सालदेखि नै देश बचाउन कम्युनिस्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय