site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अमेरिकामा लुटेराको फन्दामा परेका नेपाली ऊवर ड्राइभर (भिडियो सहित)
Global Ime bank

अमेरिका । क्यालिफोर्निया सनफ्रान्सिस्को र यस वरपर वे एरियामा राइड सेवा ऊवर चलाउने  विमल थापा मगरमाथि यात्रु बनेर आएकामध्ये एकले लुटपाट गरे । मिल्ने जति लुटेपछि उनकै कार लिएर भागे यो  घटना कसरी भयो, विमलले स्थानिय मिडियामा यसको बेलिविस्तार सुनाएका छन् ।
 
स्थानिय एवीसी न्यूज ७ डटकमका अनुसार अक्टोबर १ को  साँझ करिब ८ बजेतिर साढे एक माइलको दुरीका यात्रुलाई सेवा दिन उनी तयार भए । भनिएको स्थानमा पुगेर २ जना यात्रुलाई चढाए । यहाँसम्म सबै ठिकै थियो ।  जब तोकिएको स्थानमा यात्रु पुगे तर, उनीहरु झर्न मानेनन् ।
 
ती यात्रुले विमललाई तपाई कहाँबाट आएको भन्ने प्रश्न गरे । नेपाल उनले संक्षिप्त उत्तर दिए । त्यसपछि ती यात्रु उत्तेजित हुँदै ह्याण्ड सेनिटाइजर मागे ।
 
त्यसपछि यात्रुमध्ये एकजनाले विमलको टाउकोमा बन्दुक राखे । अर्काले विमलसँग भएको पर्स, चाबी र अन्य जबर्वजस्ती लिए । त्यसपछि उनीहरुले विमललाई भुईंमा सुत्न लगाए । अनि विमलकै कार लिएर उनीहरु भागे ।
 
एबीसी न्यूजले यो समाचारलाई वोकल्याण्ड प्रहरीले पुष्टि गरेको जनाएको छ । ऊवर ड्राइभर विमललाई लुटपाट भएको र लुटेरा उनकै कार लिएर भागेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । 
 
यो लुटपाटपछि विमल काममा फर्किन सकेका छैनन् । वोकल्याण्ड प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । विमलका अनुसार प्रहरीले उनको होण्डा सेडन गाडी भने घटना भएको  एक दिन पछि फेला पारेको छ । ऊवरले पनि यो घटना जानकारीमा आएको बताउँदै मेडिकललगायत अन्य केही सामान्य सहयोग गर्न सक्ने जनाएको छ ।
 
विमलले भने यो घटनाले अहिले पनि मनमा त्रास भईरहेको र काममा फर्किन नसकेको मिडियालाई बताएका छन् । हिमालयखबर डट कमबाट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu