site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पतालमै राखिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ ।

१०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो । किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।

जोशीले यसअघि नै आफ्नो शरीर नजलाई अध्ययनका लागि राख्न भनेका थिए ।

Global Ime bank

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए । 

“अध्ययन अनुसन्धानका लागि आफ्नो शरीर दान गर्ने उहाँले बताउनुभएको थियो,” पारिवारिक स्रोतले भन्यो, “अध्ययनका लागि उहाँको शव किस्ट मेडिकल कलेजमै राखिनेछ ।”

केही समय भने उनको शरीरलाई अन्तिम दर्शनको निम्ति अस्पताल परिसरमै राख्ने तयारी भएको छ ।  विसं १९७७ वैशाख ३० गते जन्मिएका जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।
उनका दुई छोरा रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय