site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
श्रीमान्–श्रीमती र दाजुभाइ उमेदवार
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान्–श्रीमती र दाजुभाइ उमेदवार बनेका छन् । प्रतिनिधिसभातर्फ धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट जुली महतो र उनको श्रीमान् रघुवीर महासेठ धनुषा–४ बाट उमेदवार बनेका छन् ।

जुली नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)का साझा उमेदवार हुन् । महासेठ एमालेका उमेदवार छन् । जसपा र एमालेबीच धनुषा–४ र धनुषा–२ मा तालमेल हुनसकेको छैन ।

प्रतिनिधिसभातर्फ धनुषामा चार निर्वाचन क्षेत्र छन् । धनुषा–३ मा जसपाले एमालेलाई सघाउनेछ । धनुषा–१ मा एमालेले जसपालाई सघाउने सहमति भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धनुषा–३ मा पाँचदलीय गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झा उमेदवार बनेका छन् ।

धनुषा–१ मा जसपाका दीपक कार्कीलाई एमालेले समर्थन गरेको छ । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता मातृका यादवले उमेदवारी दिएका छन् ।

Global Ime bank

धनुषा–२ भने कुनै पनि दलबीच तालमेल भएको छैन । त्यहाँ चारजनाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । नेपाली कांग्रेसका रामकृष्ण यादव, एमालेका उमाशंकर अरगरिया, नेकपा (एकीकृत समाजवादी)का रामचन्द्र झा र जनता समाजवादी पार्टी (जसपा)का गंगाराम यादवले उमेदवारी दिएका छन् ।

यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी क्षेत्र नम्बर–२ र उनका भाइ जयकान्त राउत (जेके राउत) सप्तरी–१ बाट उमेदवार बनेका छन् ।

पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा होमिएको जनमत पार्टीमा पारिवारिक सदस्यहरूले प्राथमिकता पाएपछि आलोचना सुरु भएको छ ।

प्रदेशसभातर्फ धनुषा–२ ‘क’बाट शैलेन्द्र यादव र धनुषा–३ ‘क’बाट उनका भाइ जितेन्द्र यादव उमेदवार बनेका छन् । उनीहरू जसपाका तर्फबाट उमेदवार बनेका हुन् ।

शैलेन्द्र ०७४ को निर्वाचनमा निर्वाचित भएर पाँच वर्ष जसपाको प्रमुख सचेतक बनेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला जितेन्द्र उनका स्वकीयसचिव थिए । त्यसपछि उनी मुख्यमन्त्री लालबाबु राउतका स्वकीयसचिव भए । मुख्यमन्त्रीका स्वकीयसचिव रहेकै बेला उनी पूर्वाञ्चल विश्वविद्यालयमा जागिरे पनि थिए । अहिले निर्वाचनका लागि पार्टीबाट टिकट पाएपछि पदबाट राजीनामा दिएका हुन् ।

क्षमतावान् भएका कारण दाजुभाइले नै टिकट पाएको जितेन्द्रको भनाइ छ । “आर्थिक अनियमिततालगायत अफवाह विपक्षीहरूले फैलाएका हुन्” उनले भने, “आफूहरूले इमानदारीपूर्वक जनसेवा गरेकाले पार्टीले विश्वास गरी टिकट दिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय