site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट घनश्याम भुसालले दिए उमेदवारी

बुटवल । नेकपा (एमाले) परित्यागका गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । 

आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर उनले आफू स्वतन्त्र वामपन्थी विचारकका रुपमा उमेदवार बन्न लागेको जानकारी दिएका थिए ।

भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ । यहाँ गठबन्धनबाट प्रदेशतर्फ (क)मा नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख)मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दिएका छन् । 

क्षेत्र नम्बर १ बाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवारी दर्ता गराएका छन् । यहाँ एमालेसहितको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख) मा एमालेका दधिराम न्यौपानेले उम्मेदवारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro