site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बसको टिकट पाउनै मुस्किल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बडादसैँमा घर फर्कने यात्रुले बसको टिकट पाउनै नसकेको गुनासो गरेका छन् ।

काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरूले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन् । पाँच दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । बस व्यवसायी र प्रहरीले आफन्तलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दसैँमा घर जान नै नसकिने अवस्था आएको बताए । उनले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

केही यात्रु भने टिकट नपाए पनि बसको क्याबिनतिर बसेर घर जाने तयारीमा थिए । नेपालगन्जकी दिलमाया खत्रीले टिकट पाउन मुस्किल भएकाले आफू क्याबिनतिर बसेर घर जाने तयारीमा रहेको बताइन् ।

Global Ime bank

बस व्यवसायीले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकामा यात्रुको चर्को गुनासो छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय