site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसी सुरक्षा परिषद्का उपाध्यक्ष भन्छन्– युक्रेनमा आणविक हमला हुँदा पनि नेटो चुप बस्नेछ

मस्को । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले रुसले ढुक्क भएर युक्रेनमाथि आणविक आक्रमण गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार त्यस्तो हमलाको परिस्थितिमा पनि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले आफ्नै सुरक्षाको डरले कुनै प्रतिकार गर्ने छैन । 

मेदभेदेभले टेलिग्रामलाई भनेका छन्, "एकचोटि कल्पना गरौँ, रुस आफ्नो पक्षमा निकै क्षति पुर्‍याइसकेको युक्रेनमाथि सबैभन्दा प्रतिबन्धित आणविक हातहतियार प्रयोग गर्न बाध्य भएछ । मलाई विश्वास छ, त्यसबेला पनि नेटोले प्रत्यक्ष रूपमा द्वन्द्वमा हस्तक्षेप गर्ने छैन । वास्तवमा अनावश्यक युक्रेनको भाग्य भन्दा वासिङटन, लन्डन र ब्रसेल्सको सुरुक्षा नेटोका लागि धेरै भन्दा धेरै महत्त्वपूर्ण छ । मलाई विश्वास छ, नेटो सदस्य मुलुकहरू आणविक हमलामा मर्न तयार हुने छैनन् । त्यसकारण रुसले जस्तोसुकै हतियार प्रयोग गरेपनि तिनीहरूले बेवास्ता गर्नेछन् ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२६ सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमा आणविक आक्रमण गर्ने चेतावनीबारे टिप्पणी गर्ने क्रममा अमेरिकी ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पिएर्रेले अमेरिकाले मस्कोले यस्तो कुनै कदम चाल्न सक्ने संकेत पाइनसकेको बताएका छन् । 

त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले रुसले त्यसरी आणविक आक्रमण थालेमा कसरी प्रतिक्रिया दिने भन्नेबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनसँग एउटा योजना रहेका जानकारी दिएका छन् ।   

युक्रेन्स्का प्राभ्दाबाट ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २२:५९
प्रतिक्रिया दिनुहोस्