site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनास्लुमा हिमपहिरो जाँदा १० जना बढी घाइते, खराब मौसमका कारण अझै उद्धार हुन सकेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ । घटनास्थल नजिकै तेस्रो बेसक्याम्पमा हेलिकोप्टर पुगेको छ ।”

अक्सिजन लगायत सामग्री पुर्‍याउन गएकाहरू घाइते भएको बताइएको छ ।

Global Ime bank

कैलाश हेलिकोप्टर श्रीहरि कुइँकेलले दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धारको काम हुन नसकेको जानकारी दिए ।

"हाम्रो हेलिकप्टर खराब मौसमका कारण दिउँसो १ बजेदेखि सामागाउँमा रोकिरहेको छ । खराब मौसमका कारण उद्धारको काम हुन सकेको छैन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement