देश
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएछि शुक्रबार उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
जोशीलाई डेंगी देखिएको छ । पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।
शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जोशीको उपचारमा कुनै कमी हुन नदिने बताए थिए ।
शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने बताएका थिए ।
भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्यकर्मी आवश्यक रहेको बताएका थिए ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९ ०७:४८
प्रतिक्रिया दिनुहोस्