site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेंगी नियन्त्रणका लागि सरकार लागिपरेको छ : स्वास्थ्यमन्त्री खापुङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डेंगी नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री खापुङले डेंगी नियन्त्रणमा निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताए । 

स्वास्थ्यमन्त्री खापुङले लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई पनि तीव्रता दिएको र जनचेतनका काम पनि भइरहेको जानकारी दिए । लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान देशभर सञ्चालन गरिरहेको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री खापुङले लामखुट्टे नष्ट गर्न स्प्रे र बिषादी छर्नका लागि विज्ञहरुका सुझाव नआएका कारण हाललाई उक्त कार्य भने नगरिएको बताए । उनले डेंगी प्रभावित बिरामीको उपचार भइरहेको र अन्य अस्पताललाई पनि तयारीको अवस्थामा राखिएको जानकारी दिए ।

अनेरास्ववियुले डेंगी नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न र विद्यार्थीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने भन्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement