site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस 
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (दायाँ), नेता खुस्बु ओली (बायाँ) ।
Sarbottam CementSarbottam Cement

विराटनगर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उमेदवार सिफारिस गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टी अध्यक्ष सर्वसम्मत सिफारिस हुनु भएको छ,” राप्रपाका स्थानीय नेता राजकुमार चाम्लिङले भने । उमेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने चाम्लिङले बताए । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनवाी अभियान सञ्चालन गरिने बताए ।

अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर ३ मा पराजित गरेका थिए । 

Global Ime bank

यस्तै, झापा क्षेत्र नं. ४ मा राप्रपाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि खुस्बु ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

बेलायतको अक्स्फाेर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गरी फर्किएका ओली प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएकी हुन् । 

हाल राप्रपामा केन्द्रीय प्रशिक्षकसमेतको जिम्मेवारीमा रहेकी उनी एक दशकदेखि 'डेभलपमेन्ट सेक्टर'मा काम गर्दै आएकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय