site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चोलेन्द्रको बयान आकस्मिक रूपमा रोकियो 

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आकस्मिक रूपमा रोकिएको छ ।

बिहीबार सिंदरबारस्थित संसदीय समितिको कक्षमा बैठक बसेको थियो । आज दोस्रो दिन पनि जबरासित बयान लिइएको थियो ।

तर, बैठक आकस्मिक रूपमा रोकिएको एक समिति सदस्यले जानकारी दिए । उनका अनुसार अर्को बैठक यही भदौ १९ गते आइतबार बस्नेछ ।

जबरासित बुधबारदेखि बयान लिन थालिएको हो । उनलाई पहिलो दिन पाँच प्रश्न सोधिएको थियो । कुल ४३ प्रश्न सोधिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् ।

गएको फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro