site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकता विधेयकका विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरूले नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनुपरेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील रहेको जनाएकी थिइन् । आफूहरूले उठाएको विषयप्रति राष्ट्रपति अत्यन्त सकारात्मक पाएको लोसपाका नेता केशव झाले जानकारी दिए ।

राष्ट्रपतिसँगको छलफलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेता सहभागी थिए ।

Global Ime bank

राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित गएको साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement