site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मती नदी महोत्सवमा र्‍याफ्टिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन २२ औं वाग्मती नदी महोत्सव आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आयोजना गरेको महोत्सवमा थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङको आयोजना गरिएको थियो । 

कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो । वाग्मती नदी महोत्सवको सहरी विकासमन्त्री मेटमणि चौधरीले उद्घाटन गरेका थिए । मन्त्री चौधरीले आगामी दिनमा वाग्मती नदी संरक्षणका लागि आफूले विशेष ध्यान दिने बताए । उनले वाग्मती नदी बचाउ अभियानमा सरकारको तर्फबाट पनि सकारात्मक भूमिका हुने जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

वाग्मती नदी सफाई अन्तर्गत नदी किनारमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने उनको भनाइ छ । 

धार्मिक महत्व बोकेको वाग्मती नदी संरक्षण गर्नका लागि र सबैलाई दायित्वबोध गराउन महोत्सवको आयोजना गरिएको नाराले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement