site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकल पुरुष र तेस्रो लिङ्गीलाई सामाजिक सुरक्षा भत्ता दिन माग
Sarbottam CementSarbottam Cement

पोखरा । सरकारले विभिन्न ७ शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, विधवा, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाती र बालबालिकालाई सरकारले विभिन्न दरमा मासिक सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गर्छ ।

तर, एकल पुरुष र तेस्रोलिङ्गीले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । यद्यपि विभिन्न स्थानीय तहले कार्यविधि बनाएर एकल पुरुषलाई भत्ता दिइरहेका छन् । 

सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित एकल पुरुष र तेस्रोलिङ्गीलाई पनि भत्ता दिनुपर्ने माग गण्डकी संसद्मा उठेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद भागवतप्रकाश मल्लले बुधबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै एकल पुरुष र तेस्रोलिङ्गी व्यक्तिलाई पनि भत्ता दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

“संविधानले सबै नागरिकलाई बराबर हकको व्यवस्था गरेको छ । त्यसकारण एकल पुरुष र तेस्रोलिङ्गी व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता माग गर्दछु,” उनले भने ।

Global Ime bank

पर्वतको हाई भोल्टेज विद्युत सर्टबारे सांसदहरूको ध्यनाकर्षण
गत सोमबार बिहान पर्वतको जलजला गाउँपालिका ७ मा शाखा लाइनमा हाई भोल्टेज विद्युत प्रवाह हुँदा एकजनाको निधनसहित १३ जना घाइते भएको विषय पनि गण्डकीका सांसदले प्राथमिकताकासाथ सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बिहानको उक्त घटनामा धाइरिङको धारापानी, ठुलास्वाँरा, माझस्वाँरा र शिरुवारी क्षेत्रमा टाँगिएको विद्युतीय लाइन ‘हाई भोल्टेज’ को विद्युत् प्रवाह हुँदा ५० वर्षीया सीता केसीको मृत्यु भएको थियो । अरू ११ जना घाइते भएका थिए । ‘करेन्ट’ लागेर परेर स्थानीयले पालेका ११ वटा बाख्रा मरेका थिए ।

उक्त घटनाको बारेमा बुधबार गण्डकीको प्रदेशसभा बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् ।

सांसदहरू ओमकला गौतम, ललितकला गुरुङ, विकास लम्सालले उक्त घटनाबाट प्रभावितलाई क्षतिपूर्ति र राहतको माग गरेका छन् । विद्युत प्राधिकरणको लापरबाहीका कारण शाखा लाइनमा बढी भोल्टेजको विद्युत प्रवाह भएको भन्दै चर्को विरोधसमेत भइरहेको छ ।

प्राधिकरणले पीडितहरूसँग सहमति गरिसकेको छ । सहमति अनुसार ‘करेन्ट’ लागेर मृत्यु भएकी सीताको परिवारका तर्फबाट एकजनालाई ज्यालादारीमा पर्वत वितरण केन्द्रले रोजगारी ‘ग्यारेन्टी’ गर्ने निर्णय भएको छ । 

‘करेन्ट’का कारण मानवीय क्षति भएमा पाँच लाख रुपैयाँ उपलब्ध गराउने भनिएपनि पीडित पक्षले त्योभन्दा बढी माग गरेकाले घटनाको अध्ययन तथा समाधानका लागि प्रदेशबाट आउने समितिलाई पाँच लाखभन्दा बढी रकम उपलब्ध गराउन सिफारिस गर्ने सहमति भएको छ ।

घाइते भई अस्पतालमा उपचाररत ११ जनाको उपचार खर्च प्राधिकरणले नै बेहोर्नेछ । क्षति भएका मिटर पर्वत वितरण केन्द्रले जडान गरिदिने तथा जलेका ‘वायरिङ’ हटाएर नयाँ बनाउने काम पनि विद्युत् प्राधिकरणले गर्ने भएको छ ।

यस्तै प्रदेशबाट समिति निर्माण गरेर पशु चौपायामा भएको क्षतिबारे उपयुक्त रकमको सिफारिस गर्ने बैठकमा सहमति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement