site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटनगर महानगरले घटायो सम्पत्ति करको दर
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिकाले सम्पत्ति करको दरहरू हेरफेर गरेको छ । 

अघिल्लो आर्थिक वर्षको दरलाई संशोधन गरी चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐनमा सम्पत्ति करको दर घटाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले घर तथा जग्गा बहाल करको दरहरूसमेत हेरफेर गरेको छ । 

महानगरपालिकाले आर्थिक ऐनमा उल्लेख भएअनुसार महानगरले सम्पत्ति कर, भूमिकर (मालपोत), घर तथा जग्गा बहाल कर, व्यवसाय कर, विज्ञापन कर, जडीबुटी र जीवजन्तु कर, मनोरन्जन कर लिने गर्छ । यसैगरी बहाल बिटौरी शुल्क तथा अरू शुल्क आन्तरिक आयको रूपमा उठाउने गर्दछ । 

Global Ime bank

चालु आर्थिक वर्षमा महानगरले अघिल्लो आर्थिक वर्षको तुलनामा सम्पत्ति करको दर घटाएको छ । जसअनुसार १० लाखसम्मको प्रस्ताविक मूल्यांकनका आधारमा तोकिएको करको दर रु. ८०, सिलिङ मूल्याङ्कन २० लाखसम्म रु. १६० र ३० लाखसम्म रु. ३२० तोकिएको छ । जबकि अघिल्लो आर्थिक वर्ष करको दर क्रमशः १००, २०० र ४०० थियो । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा करको दायरा बढाएर करको दर घटाउने जनाएका थिए । उनले महानगरको आन्तरिक आय निकै कम भएकाले करको दरभन्दा पनि दायरा बढाउने आफ्ने लक्ष्य हुनेमा जोड दिएका थिए । महानगरपालिकाको अहिलेको वार्षिक आम्दानी मुस्किलले रु. ३८ करोड छ । जबकि महानगरले हरेक बजेटमा एक अर्ब आन्तरिक आय पुर्‍याउने घोषणा गरेको छ ।

महानगरले ह्रासकट्टीको हिसाब गर्दा घट्दो मूल्यको आधारमा गर्ने र सम्पत्ति करमा चालु आर्थिक वर्षका लागि ३० लाख भन्दा माथिको मूल्यांकनमा दुई प्रतिशत छुट दिने भएको छ । घरनक्सा नबनाई बनाइएका संरचनाहरूको भने स्थलगत नापजाँच र मूल्यांकन गरी सम्पत्ति तथा मालपोत कर असुल गर्ने नीति लिइएको महानगरले जनाएको छ । नबुझाए दस प्रतिशतसम्म जरिबाना लाग्ने महानगरको आर्थिक ऐनमा उल्लेछ । 

घरका कतिपय संरचना लाग्ने करमा समेत महानगरले केही हेरफेर गरेको छ । महानगरले घर बहालबापत उठाउँदै आएको बहाल करमा महानगर क्षेत्रका विभिन्न ठाउँलाई सूचीकरण गरेअनुरूप करका केही थपघट गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement