site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन् । 

आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना प्रधानमन्त्री बनेर देशको सेवा गर्न चाहेको उनले बताए । नेता सिंहले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गरे । 

“देशको अर्थतन्त्र एकैपटक माथि उठाउनसक्ने हाइड्राको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ । प्राध्यापक, विद्यार्थीहरूले ल्याएका नयाँ कुराहरूलाई हामीले राष्ट्रको हीत र अर्थतन्त्र सुधार गर्ने कुरा गम्भीर रुपले लिन आवश्यक छ,” उनले भने, “यस्ता विषयमा आवश्यक कानुन चाँडै बनाउन लगाएर त्यसको प्रतिफल आम नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा हो । मलाई साथ दिए, मौका पाएँ भने तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु ।”

Global Ime bank

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको टिप्पणी गरे । उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय