site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘कुमारी आमा’ निहारिका शुक्रबारदेखि पुनः आमरण अनसन बस्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले शुक्रबारदेखि पुनः आमरण अनसन बस्ने घोषणा गरेकी छन् ।

गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन आफूले पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत जेठ २७ गते आमरण अनसन सुरु गरेर असार २७ गते अनसन तोडेकी राजपुतले आफ्नो माग पूरा नभएसम्म अनसन नतोड्ने चेतावनी समेत दिएकी छिन् ।

न्यायको माग गर्दै बच्चासहित अनसनमा बसेकी राजपुतले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनसन तोडेपनि आजसम्म कुनै पनि माग कार्यान्वयन नभएको गुनासो पोखिन् ।

Global Ime bank

उनले भनिन्, “मसँग सरकारले गरेका सहमति एउटा पनि कार्यान्वयन गरेको छैन, मन्त्रालयले मलाई झुटो आश्वासन दिएर अनसन तोड्न लगायो, भोलि (शुक्रबार)देखि सिंहदरबार अगाडि बच्चा लिएर आमरण अनसन फेरि सुरु गर्दैछु । कि त कुमारी आमालाई गरिखान दिनपर्‍याे कि त सरकारले मारिदिओस् । जतिपनि कुमारी आमाहरू छन्, उनीहरूले आफ्नो बच्चाको न्याय माग्न जाँदा मर्नैपर्छ भने मर्न दिनुहोस् कि त कित न्याय चाहियो ।”

पीडक शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृहमन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृहमन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायत राजपुत र सरकारबीच सहमति भएको थियो ।

सहमतिसँगै कुमारी आमा राजपुतले अनसन तोडेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय